फिटनेश सेन्टरमा एक दम्पती मृत भेटिए

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेश सेन्टरमा बुधबार राति एक दम्पतीको मृत्यु भएको छ ।

‘साउना बाथ’ का क्रममा ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी पत्नी ३९ वर्षीय नेत्रकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक हस्त गर्बुजा पूर्वमन्त्री थममाया थापाको स्वकीय सचिव समेत रहेका थिए ।

प्रहरीका अनुसार मगर दम्पत्ति बुधबार साँझ जिम सकेर साउना लिन गएका थिए । साउना लिन गएका उनीहरु लामो समयसम्म पनि बाहिर नआएपछि खोखबर गर्दा बेहोस भेटिएका थिए ।

बेहोस अवस्थामा भटिएका उनीहरुकोलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो । अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।