स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाको प्रस्ताव अघि सारेको छ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनसँगको बैठकमा सो प्रस्ताव राखेको हो। त्रिविले यसअघि नै छलफलमा ल्याएको प्रस्ताव सार्वजनिक गरेको हो।

दुई वर्षअघि स्थगित भएको निर्वाचन तालिका नै यो वर्षका लागि सिफारिस गरिएको हो।अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, नेक्राविसंघलगायतका संगठनले प्रस्तावित तालिकालाई समर्थन जनाएका थिए।

प्रमुख प्रतिपक्ष दल नेपालीका कांग्रेसको भ्रातृ संगठन नेविसंघ र विप्लव नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी)बाहेक सबै विद्यार्थी संगठनको सहभागिता रहेको तालिकामा नेविसंघ सहमत छैन।

पार्टी नेतृत्वमा कसलाई संयोजक बनाउने भन्ने विषयमा टुंगो नलागेको कारण नेविसंघले तालिकामा हेरफेर गर्न आग्रह गरेको छ।

त्रिविले आफ्ना आंगिकबाहेक करिब १ हजार १ सय सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु निर्वाचन गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिएका थिए। विद्यार्थी संगठनले सहमति जनाए त्रिविले निर्वाचन प्रक्रिया अघि बढाउनेछ।