ज्ञान निकेतनको दोस्रो जित

0
Shares

काठमाडौं, (नेस)।

ज्ञान निकेतनले १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बुधबार दोस्रो जित हात पारेको छ।

आयोजकको टोलीले ट्रिनिटीलाई ६२–४४ ले पराजित गरेको हो। टोलीको जितमा नयेन्द्र परियारले १७ अंकको योगदान दिए।

यस्तै जेभियर इन्टरनेसनलले लियुस केसीको २० अंकको सहयोगमा रोजबर्डलाई ६३–३२ ले हरायो।

यसै गरी न्यु जेनिथले चाणक्यलाई ३५–२१, रिलायन्सले बर्न हार्टलाई २२–२०, मोर्गनले इन्साइट भिजनलाई ३८–२४ र ग्लेसियरलाई नोबेलले ३१–२२ ले हराए।