भ्याली पब्लिक सफल

0
Shares

काठमाडौं, (नेस)।

भ्याली पब्लिकले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बुधबार सफलता पाएको छ।

भ्याली पब्लिकले नेपाल मोडेललाई २५–२३ ले पराजित गर्यो। ओडिसी इन्टरनेसनल एकेडेमीले दोहोरो जित हात पार्यो।

ओडिसीले हार्टल्यान्डलाई २५–२० तथा फ्लोरोसेन्टलाई २१–१५ ले हरायो। अन्य प्रतिस्पर्धामा आयोजक एन्जल्स हर्ट ‘ए’ले ईबीएलाई ३०–२०, नेसनल युनाइटेडले ग्रिनल्यान्डलाई ३५–३०, फ्लोरोसेन्टले नवोदितलाई २०–१५ र बीएनएले आयोजक एन्जल्स हर्ट ‘बी’लाई २०–१८ ले पाखा लगाए।