नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए

0
Shares

मेलबर्न, (एजेन्सी)।

करियरको २०औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका राफायल नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिएका छन्।बुधबार मेलबर्न पार्कमा भएको क्वार्टरफाइनल खेलमा शीर्ष खेलाडी नाडाल अस्ट्रियाका डोमिनिक थिमसँग चार सेटमा पराजित भएका हुन्।

थिमको सानदार प्रदर्शनअगाडि नाडाल स्तब्ध हुनुपर्यो। चार घण्टा १० मिनेटसम्म चलेको रोमाञ्चक खेलमा थिमले नाडाललाई ७–६, ७–६, ४–६, ७–६ ले हराएका हुन्। योसँगै पाँचौं वरीयताका थिम पहिलोपटक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन्।

हारपछि नाडाल मेलबर्नमा रोजर फेडेररको कीर्तिमानी २० ग्रान्डस्लाम उपाधि बराबर गर्न अक्षम भएका छन्। पुरुष सिंगल्सतर्फ सर्वाधिक उपाधि जितेको कीर्तिमान राखेका फेडेरर भने जारी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन्।

उनले अन्तिम चारमा डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्दै छन्। अर्को अन्तिम चारको खेलमा थिमले जर्मनीका एलेक्सान्डर जभेरेभसँग खेल्नेछन्।