सत्ता दुरुपयोगको आरोप राजनीतिक रुपबाट प्रेरित

0
Shares

वासिङगटन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपतिविरुद्ध महाभियोगमा भइरहेको सुनुवाइमा डोनाल्ड ट्रम्पको प्रतिनिधित्व गर्ने वकिलले राष्ट्रपतिविरुद्ध सत्ता दुरुपयोगसम्बन्धी लगाइएको आरोप राजनीतिक रुपबाट प्रेरित रहेको बताए।

राष्ट्रपति पक्षका वकिलले आफ्नो प्रारम्भिक बयान पुरा गरेका छन्। ट्रम्प पक्षको टोलीको नेतृत्व गरिरहेका ह्वाइट हाउसका वकिल प्याट सिपोलोले आफ्नो कुरा राखेका थिए। ट्रम्प विरुद्धको महाभियोगमा सिनेटले छिटोमा शुक्रबार मतदान गर्नेछ।

उनले भने– ‘महाअभियोगको आरोपले कुनै पनि संवैधानिक मानक पुरा गर्दैन।’ यो जुन उद्देश्यले ल्याइएको हो त्यसले एक सफल राष्ट्रपतिलाई चुनावअगाडि बिना कुनै आधार संविधान नाँघेर पदबाट हटाउने कार्य हो।

सिनेटसँग ट्रम्पलाई सत्ता दुरुपयोगसम्बन्धी आरोपबाट मुक्त गर्न उनले आग्रह गरे। पछिल्लो चुनावको नतिजा उल्टाउने र आगामी चुनावमा पनि ब्यापक रूपमा हस्तक्षेप गर्नु अमेरिकाका नागरिकका लागि गम्भीर तथा अत्यन्त ठूलो नोक्सानदायी हुने उनले बताए। उनले सिनेटमा आफ्नो समापन टिप्पणीमा भने– ‘सिनेट यस्तो गर्न सक्दैन। अब यो टुंग्याउने समय आइसकेको छ।

सिनेटमा ट्रम्पविरुद्ध महाअभियोग मामिलामा सुनवाइ भइरहेको छ। प्रतिनिधिसभाले गत महिना यस मामिलालाई सिनेट पठाउने पक्षमा मतदान गरेको थियो। अमेरिकाको इतिहासमा तेस्रो पटक कुनै राष्ट्रपतिविरुद्ध महाअभियोगको मामिला चलिरहेको छ।

ट्रम्पमाथि उनले युक्रेनलाई सन् २०२० मा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार जोय बाइडेन र उनका छोरा हन्टर बाइडेनविरुद्ध भ्रष्टचारको जाँचका लागि दबाब दिएको आरोप छ।

बाइडेनका छोरा युक्रेनको एक उर्जा कम्पनीमा वरिष्ठ अधिकारी हुन्। महाअभियोग पक्रियाअन्तर्गत ट्रम्प र युक्रेनका राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीबीच भएको फोन वार्ताको जाँच गरिएको छ। डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहेको न्यायिक समितिले औपचारिक आरोप तय गरेको हो।