बीबीएमको सहज जित

0
Shares

काठमाडौं, (नेस)।

विश्व विद्या मन्दिर (बीबीएम)ले नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सहज जित हात पारेको छ।

बीबीएमले दीपिकालाई ९–० को भारी गोल अन्तरले पराजित गर्यो। निसान तामाङले ह्याट्रिक गरे।

संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम)द्वारा आयोजित प्रतियोगितामा नेपाल तारा र होली क्रसले सफलता पाए।

नेपाल ताराले ग्रामरलाई ७–० गोल अन्तरले हरायो। सुदीप पाख्रिनले ३ गोल गरे। होली क्रसले काम्यकलाई ५–० गोलले पाखा लगायो।