चारै शहीदको पूर्ण कदको सालिक स्थापना गरिँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिकाले विसं १९९७ सालमा अमरत्व प्राप्त गरेका स्थानमा चारै शहीदको पूर्णकदको सालिक निर्माण सम्पन्न गरेको छ।

श्रद्धाञ्जली सभामा बोल्दै मेयर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो।

‘व्यवस्था परिवर्तनसँग स्वाधीनताको र नागरिक अधिकार प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहीदलाई चिरकालसम्म सम्झना गरिरहन हामीले पूर्ण कदको सालिक निर्माण गराएका हौं।’ –उहाँको भनाइ थियो।

कामपाले आज बिहीबार धर्मभक्तको जन्मस्थलनजिक ओमबहालमा धर्मभक्त माथेमा पार्क उद्घाट्न गर्दै छ। शहीदको योगदानलाई चिरस्थायी र स्मरणीय बनाउन भौतिक पूर्वाधार, सुन्दर पार्क निर्माण तथा अन्य भौतिक संरचना र सेवासँग शहीदको नाम जोड्दै लगिने मेयर शाक्यले बताउनुभयो।

श्रद्धाञ्जली सभामा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग शहीदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गर्नुभयो।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने खाँचो रहेको औंल्याउनुभयो।