सरस्वती पूजामा सानिमा बैंकको योजना


काठमाडौं, (नेस)।

सानिमा बैंकले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा ग्राहकलाई विशेष योजना स्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ। बैंकले नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।

ग्राहकले दुवै सुविधा एकैसाथ उपभोग गर्दा सय रुपियाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन्। यो योजना माघ १६ र १७ गते लागू गरिएको छ।

यो योजना विद्यार्थीलाई मात्र लक्षित हुनेछ र सुविधा लिन आउँदा ग्राहकले विद्यार्थी परिचय पत्र पेस गर्नुपर्नेछ। यो योजनाका लागि नाबालकको हकमा भने प्रचलित निर्देशनअनुसार गर्न सकिने बैंकले जनाएको छ।