एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा


काठमाडौं, (नेस)।

एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा ९५औं शाखा खोलेको छ।उक्त शाखा महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभएको थियो।

बैंकले आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई ९५ शाखा, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।