बालनाटक महोत्सवमा ४ सय विद्यार्थी



शैली थिएटरले आगामी माघ २२ गते राजधानीमा ११औं राष्ट्रिय बाल नाटक महोत्सव २०७६ को आयोजना गर्ने भएको छ। आठ दिने महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरको आफ्नै अप्रतियोगी नाटक मञ्चन हुनेछन् भने महोत्सवमा झन्डै चार सय विद्यार्थी नाटकमा सहभागी हुँदै छन्।

माघ २२ गते महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक सुनौलो माछा मञ्चन हुनेछ भने हरेक दिन तीन नाटक मञ्चन हुनेछन्। दोस्रो दिन राराहिल मेमोरियल स्कुलको करेशा कन्सर्ट, जेनुइन स्कुलको निष्कासन र रिम्स स्कुलको झगडा मञ्चन हुनेछन्।

महोत्सवको तेस्रो दिन शैली थिएटर रातोपुलस्थित भवनमा बालबालिका र नाटक सम्बन्धित छलफल, साहित्यिक कार्यक्रम, र खुला नाटक मञ्चनजस्ता गतिविधि हुनेछन्।

माघ २५ गते क्रियटिभ एकेडेमीले अनमाया, प्रज्ञा सदन स्कुलले डर र विनायक स्कुलले काँडा कि फूल मञ्चन गर्नेछन्। त्यसको भोलिपल्ट दीपज्योति सेकेन्डरी स्कुलको बिग्रेको बिर्खे, रिलायन्स स्कुलको ड्रग्स एबुयज र साम्तेन मेमोरियल स्कुलको गरिबको मृगतृष्णा, २७ गते वल्र्ड
स्कुलको कति पढिस्?,
बृहस्पति विद्यासदनको एक १, लिभरपुल स्कुलको टीका र तारा सदन स्कुलको वृन्दा, त्यसको भोलिपल्ट गोल्डन सुनगाभा स्कुलको ड्याडी भर्सेस मम, ब्राइट जोन स्कुलको बहुलाकाजीको सपना र एम्बेसडर एकेडेमीको साँचो बोल्नुपर्छ मञ्चन हुनेछन्। महोत्सवको अन्तिम दिन माघ २९ गते शैली थिएटरकै अप्रतियोगी नाटक सुनौलो माछा मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्