चार विधेयक राष्ट्रपति समक्ष पठाइयो

0
Shares

काठमाडौं, (नेस)।

सभामुख अग्निप्रसाद सापकोटाले विगत ४ महिनादेखि थन्किएर बसेका ४ विद्येयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुभएको छ। सभामुख सापकोटाले बुधबार ४ विद्येयक राष्ट्रपतिसमक्ष प्रमाणित गरेर प्रमाणीकरणको लागि पठाउनुभएको हो।

सभामुखमा निर्वाचित बने लगत्तै सापकोटाले अगाडि बढ्न नसकेको विधेयकहरुको बारेमा चासो राखेर काम अघि बढाउनुभएको छ।

सभामुख सापकोटाले ४ महिनादेखि थन्किएर बसेका नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५,भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५ राष्ट्रपतिसमक्ष पठाउनुभएको छ।