काठमाडाैँ । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकाे छ भने ४० जना घाइते भएका छन् । उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको प्रहरीले जनाएकाे छ।
बुधबार बिहान साढे तीन बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४ सयभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क रहेकाे छ ।
एजेन्सी
प्रतिक्रिया