कोरोना भाइरस : विभिन्न मुलुकद्वार चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै विभिन्न मुलुकले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी गरेका छन् । संक्रमणले विकराल रुप लिएसँगै जापान लगाएत विभिन्न देशहरुले आफ्ना नागरिकको उद्दार कार्य सुरु गरेका हुन् ।

जापानले आफ्ना नागरिकलाई स्वदेश फर्काउदै गर्दा एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गराएको छ । यस्तै, अमेरिकाले आफ्न नागरिक उद्दारका लागि पठाएको विमान अलास्का पुगेको जनाइएको छ । अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्‍याएर स्वास्थ्य परीक्षणपछि घर फर्काउने योजना बनाएको छ ।

हालसम्म कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । भाइरसबाट संक्रमितको संख्या ५ हजार ९ सय ७४ पुगेको छ ।

यस्तै, चीन बाहिर विभिन्न देशहरुमा ६ हजार ५६ जनामा उक्त भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म नेपलमा पनि दुई जना भाइरस संक्रमित व्यक्ति फेला परेका छन् ।