प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा इन्स्पेक्टरसहित ६ जना घाइते

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित छ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट धनगढी जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले मंगलबार राति गस्तीमा रहेको ना १ झ १४१७ नम्बरको प्रहरी भ्यानलाई ठक्कर दिएको हो । हेटौंडा उपमहानगरपालिका–११ राप्तीपुल नजिक भएको दुर्घटनामा परी प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीसहित छ जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक भण्डारीसहित चार प्रहरी र बसमा सवार दुईजना घाइते भएको प्रहरीले जनाएको छ । निरीक्षक भण्डारीसहित तीन जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेका बस र चालकमाथि थप अनुसन्धान चलिरहेको छ ।