रौतहटमा प्रहरी र आपराधिक समूहबीच दाेहाेराे भिडन्त, भारतीय मस्टवान्टेड अपराधी पक्राउ

0
Shares

सञ्जय कार्की, रौतहट ।

रौतहट प्रहरीले गोली प्रहार बाट सर्बाधिक खोजीको सुचिमा रहेका एक भारतीय नागरिक पक्राउ परेका छन । प्रहरी तर्फ फायर खोलेपछि प्रहरीको गोलि प्रहार बाट घाईते भएका भारतको मोतिहारी जतौलिया ग्राम पन्चायत वडा नंम्बर ४ का शेख चाँद अली पक्राउ परेका हुन ।

उनले कथित मधेशी नेशनल पार्टीको नाम बाट संगठन चलाउदै नेपाली नागरिक संग चन्दा असुल्ने कार्यमा संलग्न रहेको आरोप रहेको छ । भारत बाट रौतहट आउदै गरेको सुचना पाएर पक्राउ गर्न पुगेको प्रहरी टोलि माथि इशनाथ नगरपालिका–१ बन्जरा स्थित नेपाल भारत सीमासंग जोडिएको बकैया नदिको बाँधमा फायर खोलेपछि प्रहरीको जवाफी फायरमा उनी पक्राउ परेका हुन ।

घाईते भएका अलीको उपचार गौर अस्पतालमा भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाईते अलीको दाहिने खुट्टामा गोली लागेको जनाइएको छ । प्रहरी उपरिक्षक रविराज खड्काले पक्राउ परेका अली माथि थप अनुसन्धान भैरहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटमा पक्राउ परेका अली बिरुद्ध यसअघि संगठित अपराध र अपराधिक लाभ लिन बिस्फोटक पदार्थ समेतको प्रयोग सम्बन्धि तीन वटा र संगठित अपराध र अपराधिक लाभ ( फिरौती असुली ) गरी चार वटा छुट्टा छुट्टै मुध्दा दर्ता रहेको जनाइएको छ ।

पक्राउ परेका अलीको साथ बाट प्रहरीले कटुवा पेस्तोल एक थान, खाली खोका एक थान, कटुवा पेस्तोलमा लोड भएको अबस्थामा एक थान गोली बरामद भएको जनाइएको छ । पक्राउ परेका शेख चाँद अलीको समुहले गएको पौष ८ गते ईशनाथ नगरपालिकाको कार्यालयमा बम राखेको, गएको पौष ६ गते ईशनाथ नगरपालिका–६ स्थित राम अबध सिहको मदिरा पसलमा बम राखेको, मंसिर २१ गते राजपुर नगरपालिका–७ स्थित चौधरी ईट्टा भट्टामा प्रेशर कुकुर बम राखेको प्रहरीको अभिलेखमा रहेको छ ।

दर्जनौ ब्यक्ति, कर्मचारी, संघ संस्था, जनप्रतिनिधि संग चन्दा माग गरेको आरोप समेत उनी माथि रहेको छ ।