कंगनालाई पद्मश्री अवार्ड

0
Shares

बलिउड नायिका कंगना रनावत भारत सरकारको प्रतिष्ठित अवार्ड पद्मश्री अवार्डबाट सम्मानित हुने भएकी छिन्। भारत सरकारले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान दिएबापत प्रदान गर्ने पद्मश्री अवार्डलाई प्रतिष्ठित अवार्ड मानिन्छ।

यस वर्षको अवार्ड हालै घोषणा भएको छ। कंगानासँगै बलिउड नगरीबाट निर्देशक करण जौहर, निर्माता एकता कपुर र गायक अदनान सामी गरी चार जनाले यो अवार्ड पाउने भएका छन्।

तीन पटकसम्म राष्ट्रिय फिल्म पुरस्कार जितेकी कंगनाले अवार्ड घोषणा भएपछि एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूले पाउन लागेको अवार्ड आफ्नो सपना पूरा गर्न हिम्मत राख्ने महिलाहरूमा समर्पित गर्न चाहेको बताएकी छिन्।

‘यो अवार्ड ती छोरीहरूमा पनि समर्पित गर्न चाहन्छु, जसले देशलाई उत्कृष्ट बनाउनका लागि योगदान दिएका छन्।’ –उनले भिडियो सन्देशमा बताएकी छिन्।