सिद्धलेकको भीरमा दुई शव फेला

0
Shares

धादिङ, (नेस)

धादिङको सिद्धलेक गाउँपालिका–१ नलाङस्थित कालिदहनजिकै जंगलमा २ जना मृत अवस्थामा भेटिएका छन्।बाटो छेउको भीरमा शव फेला परेकाले दुवै जना भीरबाट खसेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताउनुभयो।

सिद्धलेक गाउँपालिका–१ कालिदहका ५७ वर्षीय नकुल सापकोटा र ३८ वर्षीय भीमबहादुर गुरुङ मृत अवस्थामा भेटिएका हुन्।
दुवैको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल धादिङ राखिएको छ।

वडा कार्यलय जान भनेर आइतबार घरबाट निस्किएका दुवै जना जंगलको बाटोमा ३० फिट माथिबाट खसेर मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचयपत्र र २० हजार रूपियाँ पनि फेला परेको छ।