बहुविवाहको आरोपमा युवक पक्राउ

0
Shares

बैतडी, (नेस)।

बहुविवाह गरेको आरोपमा प्रहरीले मंगलवार बैतडीमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिगास गाउँपालिका–९ का ३० वर्षीय हरिमल विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो।

विकले गत पौषमा दोस्रो बिवाह गरेको भन्दै बिककी पहिलो श्रीमती भागरथीले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो। विकलाई मंगलवार दिउँसो घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ परेको बिकमाथि थप अनुसन्धान भइरहेको छ।