बसमा पकेट मार्दै हिड्ने तीन जना पक्राउ


न्युज अफ नेपाल, भक्तपुर ।

महानगरीय प्रहरी वृत्त थिमिले पकेट मार्दै हिड्ने तीन जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरी काठमाडौं दुवाकोट रुटमा चल्ने बसमा यात्रुरत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्था तीनलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका वडा नम्बर ७ घर भई हाल ललितपुर ठैव बस्ने २० नविन राई, सिन्धुली जिल्ला घ्यााङ्गलेक गाउँपालिका वडा नम्बर ६ घर भइ गोदावरी बस्ने २६ वर्षका राजिव गोले र मकवानपुर जिल्ला ईपाचोक गाउँपालिका ठैब बस्ने २० वर्षका रुविन कठायत रहेका छन् ।

पकेट मारेर भाग्दै गरेका उनीहरुलाई प्रहरीले मध्यपुर थिमि वडा नम्बर ९ राधेराधेबाट नियन्त्रण लिएको छ । उनीहरुले महिलाको साथबाट नगद ११ हजार रुपैयाँ पकेट मारेका थिए । प्रहरीका अनुसार राई गत पुस २ गते कौशलटारमा एक यात्रुको साथबाट नगद ८ हजार रुपैया पकेटमारको आरोपमा पक्राउ गरेका व्यक्ति हुन् । उनी जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेशपछि धरौटीमा छुटेका थिए । त्यसैगरि गोले दुई वर्ष अगाडी पकेटमारमा संग्लन रही महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरि धरौटीमा छुटेका हुन् ।