नाजी शैलीको लेवलयुक्त वियर विवादमा

0
Shares

वर्लिन, (एजेन्सी)।

जर्मन प्रहरीले सोमबार नाजी शैलीको लेवल राखिएको वियर बिक्रीमाथि छानविन गरिने जनाएको छ। तानाशाहा हिटलरको नेतृत्वमा रहेको नाजीले लार्खौ यहुदीको आमहत्या गरेको कालो इतिहास विश्वले अझै बर्सेको छैन। पूर्वी जर्मनीको जिल्ला प्रमुखले गेतज उल्रिकले फेसबुकमा हालिएका ‘जर्मन रेइक ब्रुअरी ’ का वियरका तस्वीरहरुप्रति आक्रोश व्यक्त गरेका छन्।

उनले तत्कालीन रुपैयाँन सोभियत फौजले अस्कवित्ज मृत्यु शिविरलाई मुक्त गरेको ७५ वर्षपछि नव नाजीहरुले यसरी निहुँ खोजेको देखेर आफूलाई नकै लाज लागेको प्रतिक्रिया दिएका छन्। जर्मनीमा नाजी प्रतीकहरु प्रतिबन्धित छन्। नाजी वा अन्य कटर दक्षिणपन्थिसंग स्पष्ट सम्बन्ध रहेको कुनै पनि चिजको सार्वजनिक प्रयोगलाई जर्मनीमा अवैध मानिन्छन्।

तर कुनै साँस्कृतिक सन्दर्भहरुमा भने तिनीहरको प्रयोगमा केहि हदसम्म छुट दिइएको छ। दक्षिणी पोल्यान्डको अस्कवित्ज बिर्केनाउमा मारिएकाहरुका सममानमा स्मारकहरु बनाइएका छन्।

त्यहाँ करिव ११ लाख मानिसलाई विभिन्न यातना दिएर मारिएको थियो। मासरिनेमध्ये झण्डै १० लाख यहुदी रहेका थिए। उल्रिकले शुक्रबार देउत्सचेस रेइक्सब्राउ वियर आफ्नो बाड बिब्रा शहरमा बिक्रीमा राखिएको र तर बिडम्वनाको कुरा ती सबै बिक्री भएको बताएका छन्।

सो वियरमा राखिएको खैरो लेवलले नाजीको खैरो पोशाकलाई सम्झाउँछ भने नाजीको चिलको प्रतीकलाई पनि परिस्कृत ढंगले प्रस्तुत गरिएको छ। तर स्वस्तिक चिन्हको स्थानमा भने फलामको क्रस राखिएको छ। यो वियर बिक्री गर्ने पसल रिटेल चेन गट्रान्क –क्युएल्ले हुन्।

तर अहिले यो पसलले बिक्री वितरण रोकेको छ। जर्मन सञ्चार माध्यमले पहिलोपटक यसै महिनाको शुरूमा यस वियरको बिक्री इन्टरनेटमार्फत भएको जनाएको छ। नवनजी कार्यकर्ता टेमी फ्रेन्क नामक व्यक्तिले यसको विज्ञापन गरेका थिए। उनको जेनादेखि दक्षिण पश्चिममा पर्ने सानो शहर थेमारमा एउटा पर्व सञ्चालित छ। थेमार प्रत्येक वर्ष नवानजी महोत्सव आयोजना हुँदै आएको शहर हो।