सिड्नीमा नेपालको फेसन अफ हेरिटेज

0
Shares

एसएपी इन्ट्ररटेन्टमेन्टको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा फेसन अफ हेरिटेज २०२० हुने भएको छ। नेपाली सम्पदालाई फेसन सोको माध्यामबाट प्रवासमा बस्ने नेपाली र अस्ट्रेलियाका नागरिकका बीच उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको एसएपी सीईयो सन्तोष अधिकारीले जानकारी गराएका छन्।

आगामी फेब्रुअरी २९ तारिखका दिन हुने कार्यक्रममा एक दर्जनभन्दा बढी मोडल सहभागी हुनेछन्। फेसन सोमा मोडल तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन पनि सहभागी हुनेछन्।

कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी विविक खतिवडाले गर्नेछन्। कार्यक्रमले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा सहयोग पुग्ने आशा आयोजकको छ।