प्रजातन्त्र दिवस मनाउन साँसद माझीको माग


न्युज अफ नेपाल, हेटौंडा ।

बागमति प्रदेश सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकि साँसद रिता माझीले फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा प्रदेश सरकारले मनाउन माग गर्नु भएको छ । बैठकमा बोल्दै साँसद माझीले हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकारले मकवानपुरको मध्य शहरमा रहेको सभागृह र राजा बिरेन्द्रको शालिक भत्काएर भ्यू टावर निर्माण गर्न लागेको हो भने तत्काल रोक्न समेत माग गरिन ।

यदि भ्यू टावर नै निर्माण गर्न आवश्यक हो भने हेटौंडाका अन्य स्थान प्रशस्त रहेको वताउँदै विगतका सरकारले गरेका कामहरु भत्काउँदै जाने हो भने राज्यको अर्वौं खर्वौं राजश्व स्वाहा पार्ने कस्तो सँस्कार वसाल्दै छौं भनि प्रश्न गरिन ।

सभामा मनु सिग्देल, बिजया के.सी., शोभा शाक्य, जिवन खड्का, रजनी अमात्य जोन्छे, डा. रामकुमार अधिकारी, सुरेन्द्र राज गोसाई, लाल कुमारी पुन, रिना गुरुङ्ग, ओम बहादुर गलान, दिपक निरौला, बेलिमाया घले लगायतका साँसदहरुले आ–आफ्ना धारणा राखेका थिए ।