गोसाईकुण्ड हिँडेका दुई जना १० दिनपछि मृत फेला


सरस्वति न्यौपाने, रसुवा ।
गोसाईकुण्ड हिँडेका दुई व्यक्ति १० दिनपछि सोमबार मृत अवस्थामा फेला परेका छन । गत पुष २८ गते गोसाईकुण्ड जान भनेर हिँडेका उनिहरु उच्च हिमपात भए पनि माघ ३ गते नुवाकोटको घ्याङफेदीको एक होटलमा बसेका थिए ।

बाक्लो हिँउ जमेपछि गोसाईकुण्ड जान नसकिने भनेर उनिहरु काठमाण्डौ फर्किने क्रममा बिचैमा हिँउमा फुरेर हराएको उनिहरु १० दिनपछि मृृत अवस्थामा फेला परेको रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भयो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपलिका वडा नं. १ का १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षीय जापान तामाङ रहेका छन । बाटोमा हिड्दा हिड्दै चिप्लिएर खोचमा परेपछि माथि आउन नसकेको र हिउँले पुुरिएको अनुमान गरिएको छ । त्यहाँका स्थानियले हिउँ पग्लिदै गएपछि शव देखेर प्रहरीलाई खबर गरेका थिए ।