मेडिकल कलेज संचालक अन्सारीको घरमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको चण्डी प्रसाद गणबाट गएको टोलीले सो बमलाई निष्क्रिय पारेको हो। कुकरमा डेटोनेटरसहित बम जडान गरी राखिएको पाइएको सेनाको बम डिस्पोजल टोलीले जानकारी दिएको छ।

बम राखिएको घटनाबारे थप अनुसन्धान थालिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । नगरमा आम सर्वसाधारणलाई आतंकित पार्ने उद्देश्यले कसैले बम राखेको हुने सक्ने प्रहरीले अनुमान गरेको छ।

देशका अन्य भूभागमा बम र विस्फोटक वस्तुहरु भेटिएपनि वीरगञ्जमा केही बर्षयता यस्तो गतिविधी भएको थिएन। बसरुद्दिन अंसारी वीरगन्ज नेशनल मेडिकल कलेजका संचालक हुन् ।