गोसाईकुन्ड हिडेका दुई युवक मृत भेटिए

0
Shares

सरस्वति न्यौपाने, रसुवा ।

गोसाईकुन्ड हिडेका दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन । गत पुस २८ गते गोसाईकुन्ड जान हिडेका उनिहरू उच्च हिपपात भएपछि माघ ३ गते नुवाकोटको ध्याङफेदिस्थित एक होटलमा बसेका थिए ।

बाक्लो हिउँ जमेपछि गोसाईकुन्ड जान नसकि काठमाडौं फर्कने क्रममा बिचैमा हिउँमा फसेर हराएका उनिहरूकाे १० दिन पछि मृत अवस्थामा शव फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भयो।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिका वडा नम्बर १ का १७ वर्षका वाङगेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ का १९ वर्षका जापान तामाङ रहेका छन । बाटोमा हिड्दा हिडदै चिप्लिएर खोचमा पुगेका उनीहरु माथि आउँन नसकेपछि हिउँले  पुरिएको अनुमान रहेको प्रजिअ भण्डारीले बताउनुभयो ।