वडाध्यक्ष शाहीसहित १६ जुवाडे पक्राउ, २३ लाख नगद बरामद

0
Shares

न्युज अफ नेपाल, धनगढी ।

धनगढीबाट १६ जना जुवाडेलाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष २८ वर्षीय रबिन्द्र शाही समेत रहेका छन् ।

शाहीका साथै कन्चनपुर भिमदत्त नगरपालिका–३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कन्चनपुर वेलौरी नगरपालिका–१ का ३४ वर्षीय भुवन कुँवर, धनगढी–३ का ३८ वर्षीय तिलक अधिकारी, ३४ वर्षीय रमेश खड्का, ३७ वर्षीय चन्द्र मणि अधिकारी, ३५ वर्षीय खेम राज भट्ट, ४१ वर्षीय जनक दौल्याल, गोदावरी–१० का २८ वर्षीय सन्देश तामाङ्, ३८ वर्षीय मोहन खड्का, बैतडी दशरथ चन्द नगरपालिका–८ का ३१ वर्षीय अमित गुरु, ३० वर्षीय सुर्य भट्ट, ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्बी नगरपा लिका–१० का ३५ वर्षीय प्रेम बहादुर सिंह, दार्चुला नौगाड गाउँपालिका–४ का ३३ वर्षीय जय सिंह धामी र ३८ वर्षीय मंगल ठगुन्ना रहेका छन् ।

विषेश सूचनाका आधारमा राती करिब १० बजे मिलन चोकमा रहेको तिलक अधिकारीको घरमा छापामारी मार्दा वडा अध्ययक्षसहित अन्य जुवमडे पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २२ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी आएको थाहा पाएपछि जुवाडेहरुको भाग दौड मच्‍चिएको थियो ।