छाउ बार्ने र बार्न लगाउनेलाई सामूहिक बहिस्कार गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

0
Shares

विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीका छोरा छोरी अनिर्वाय रुपमा सरकारी स्कुलमा भर्ना गर्नु पर्ने बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री कार्यालयबाट डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ४ बागनेटीमा निर्माण हुँन लागेको निजामी कर्मचारी बिद्यालयको आज सिलान्यास गर्नु हुँदै मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो ।

सरकारी जागिर खाएर कर्मचारीले छोरा छोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको भन्दै मुख्यमन्त्री भट्टले भन्नुभयो, “सरकारको पैसा खाएर छोरी छोरी निजी बोर्डिङमा पढाउन पाइदैन,निजी बोर्डिङमा पढाउनेलाइ कार्वाहि हुन्छ ।” त्यस्तै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम भरीमा निजी स्कुलमा छोरा छोरी पढाउने उच्च तहका कर्मचारीको तत्थयांङ्क संकलन गरिने तयारी भैरहेको समेत जानकारी दिनुभयो ।

सोही सिलान्यास कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथाको अन्त गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “छाउ बार्ने र बार्न लगाउनेलाइ सामुहिक वहिस्कार गर्नु पर्छ,कु–सस्कार मान्ने लाइ सामुहिक वहिस्कार गरौँ ।”

त्यस्तै मुख्यमन्त्री भट्टले राजधानी कैलाली बनाएसंगै दिपायल राजपुरका कार्यालयहरु सुनसान भए भन्नु गलत भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “राजधानी कैलाली बनाएर डोटीमा केही घाटा भएको छैन,राजधानीमा भएका जती विकास यो जिल्लामापनि गर्ने छौँ, मेरो बाँचा भयो ।” पूर्व क्षेत्रीय सदरमुकाम रहेको दिपायल राजपुरमा भएका सरकारी कार्यालयहरु सुनसान नहुँने बरु ति कार्यालयहरु बाट प्रदेश भरीका योजना बनाउने क्षेत्रीय स्तरका कार्यालयको रुपमा विकसित गर्दै लैजाने मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोदन हुने गरि काम गरिरहेको दाबी समेत गर्नु भयो । संघीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भैरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नु पर्ने बताउनुभयो ।

“जनताको घरदैलोमा रहेको स्थानीय सरकार शक्तिशाली रहेका कारण धेरैजसो माग स्थानीय सरकारले नै पूरा गर्न सक्छ,” उहाँले भन्नुभयो, “विकास बिरोधीले मात्रै संघीयताको बिरोध गर्छ ।” दुइ तले ६ कोठाको निर्माण हुन लागेको उक्त निजामती स्कुलको लागत रकम रु दुइ करोड ३९ लाख ३३९.९० रहेको र निर्माणको समयावधी आगमी २०७८ साल पुस मसान्त सम्म सम्पन्न गरिसक्ने सम्झौँता भएको निर्माणको जिम्मा पाएका केठेदार नरेश शाहले बताउनुभयो ।

उक्त निजामती कर्मचारी स्कुलका लागि १०० रोजनी जमिन खरिद भएको र रु ७५ देखि ८० करोडको लगानीमा क्रमिक रुपमा आगामी वर्षहरुमापनि नयाँ स्कुल भवन, आवास गृह,खेलकुद मैदान,स्वीमङ पुल लगाएका संरचनाहरु निर्माण गरिने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिनुभयो । दिपायलमा करोडौँको लगानीमा निजामती स्कुल निर्माण हुन लागेको भन्दै यहाँका स्थानीयबासी निकै खुसि भएको दिपायल सिलगढी नगरपालिका वडा नं ४ का स्थानीय तथा नेकपाका नेता अशोक सेवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो ठाउँमा करोडौँको लगानीमा स्कुल बन्दै छ, सबै गरका छोरा छोरीले पढ्न पाउने भए हामी खुसि छौँ ।”