उद्यमी महिला सम्मानित

0
Shares

न्युज अफ नेपाल, काभ्रे ।

महिलाहरु आफु स्वयं विभिन्न उद्यम व्यवसायमा संलग्न भै अरुलाई समेत रोजगारी उपलब्ध गराउन सक्ने भएका छन् । पहिला चुलोचौकामा मात्र सिमित महिलाहरुले बजारमा खपत हुने आवश्यक बस्तुहरु उत्पादन गरि आफ्नो आयआर्जन समेत वृद्धि गरेका छन् ।

विभिन्न उद्योग व्यवसाय गरि स्वरोजगार मात्र हैन रोजगारी समेत उपलब्ध गराउने ६ जना महिलालाई पनौति स्तिथ उद्यम विकास बचत तथा ऋण सहकारीले सम्मान गरेको छ । यो संस्थाले आफ्नो स्थापना दिवसको अवसर उद्यमी महिलाहरु दिपा श्रेष्ठ, सुनमाया वल, गोमादेवी बञ्जारा, दुर्गा परियार, टिकारानी वाइवा र सृजना तिमल्सिनालाई सम्मान गरेको हो ।

सम्मानित हुने महिलामध्य दिपाले बयुटीपार्लर, सुनमायाले कुचो, गोमादेवीले भैसीपालन,दुर्गाले लामाले लगाउने टोपी उत्पादन, टिकारानीले काठको लिष्टी, ¥याक र कुचोको व्यवसायी गर्नुभएको छ भने सृजनाले नसंरी व्यवसाय गर्नुभएको छ । १२ वर्ष अघि उद्यम विकास सहकारीबाट २० हजार ऋण लिई आफुले व्यवसाय सञ्चालन गरेको बताउदै टिकरानी भन्नुहुन्छ– मैले अहिले १२ जनालाई रोजगारी दिनसक्ने हैसियतमा पुगेको छु ।

आफ्नो उद्योग व्यवसाय प्रति महिलाहरु गौरवान्वित पनि भएका छन् । सम्मानित महिलाहरुलाई उद्यम विकास सहकारीले नगद तीन हजार रुपैया सहित दोसल्ला ओढाएर प्रमाणपत्र दिएको थियो । सम्मानित महिलाहरु यो सहकारीको असल कारोबारीका रुपमा समेत परिचित छन् ।

कार्यक्रममा प्रमुख अतिथि पनौत नगरपालिकाको उपप्रमुख गिता बन्जाराले महिलाहरु पनि पुरुष भन्दा कम नरहेको बताउदै थोरै पुँजीबाट पनि सफल उद्यमी व्यवसायी बनी सम्मानित हुने सबै महिलाहरुलाई बधाई दिनुभएको थियो । साथै, उहाले सम्मानित महिला हरु उद्यमी मात्र हैन बचत समेत गर्ने भएको हुँदा महिला दिदी बहिनी हरुलाई अझ बढि भन्दा बढी उद्यमी भै आत्म निर्भर हुन र स्वआर्जन गर्नमा समेत प्ररित हुन उदाहरण भएको पनि बताउनु भएको थियो ।

महिला उद्यमीहरुलाई सम्मान गर्दा अन्य महिलाहरुलाई पनि उद्यमी बन्न प्रेरणा मिल्ने स्थानिय पत्रकार प्रदिप केसीको भनाई छ । यो सम्मानले अवसर पाएमा महिलाहरु पनि