न्युज अफ नेपाल, काठमाडौँ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।
शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच आईतबार हुन लागेको सभामुख निर्वाचनका विषयमा छलफल भएको हो। नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको छ।
नेकपा उम्मेदवार अग्निविरूद्ध पार्टीबाट उम्मेदवारी नदिएको कांग्रेसले आफूहरू संसदको दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी भएकोले उपसभामुख पाउनुपर्ने माग गर्दै आएको छ। तर उपसभामुख निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छैन।











प्रतिक्रिया