अधिवक्ता त्रिपाठीद्वारा सापकोटा बिरुद्द सर्वोच्चमा रिट


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभाको सभामुखको उम्मेदवार अग्नि सापकोटा बिरुद्द सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गर्नुभएको छ । रिटमा त्रिपाठीले सापकोटा बिरुद्द हत्या अभियोग लागेकोले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गर्नुभएको हो ।

मुद्दाको पेशी आइतबार ११ बजेलाई तोकिएको छ । प्रतिनिधिसभामा माघ १२ गते आइतबार सभामुखको निर्वाचन हुदै छ । निर्वाचनमा सापकोटा एक्ला उम्मेदवार हुन् । अर्थात् निर्वाचनपछि उनी सभामुख चयन हुने निश्चित जस्तै छ । तर रिट दायरका अधिबक्ता त्रिपाठीका अनुसार आइतबार सभामुखको चुनाव भएपनि अदालतले आदेश दियो भने निर्वाचन नै बदर हुन्छ ।

काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ ।

AGNI SAPKOTA last FINAL-converted