‘राष्ट्रिय सभामा शुन्य नतिजा आएपनि कांग्रेस निराश हुनुपर्दैन’

रामकृष्ण चापागाई

0
Shares

त्यसै त ईतिहासकै कमजोर अवस्थामा पुगेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस राष्ट्रिय सभाको १८ जना सदस्यको लागी विहिवार भएको निर्वाचनमा शुन्य भएपछि आम कार्यकर्ताहरुमा नेतृत्व प्रति अझै नैराश्यता देखिएको छ ।

यस सन्दर्भमा न्युज अफ नेपालले कांग्रेसको आउदो अधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागिरहनु भएका केन्द्रिय सदस्य डा. शेखर कोइराला भन्नुहुन्छ– राष्ट्रियसभाको निर्वाचनले निराश हुनुपर्ने जरुरी छैन ।

काग्रेस भित्र नेताहरुको भागवण्डा र गुट उपगुटले आम नागरिकको कम्युनिष्ट सरकार प्रतिको असन्तोषलाई काग्रेसले आफ्नो पार्टी प्रतिको आकर्षणको रुपमा रुपान्तरण गर्न सकेको छैन ।

‘यो निर्वाचनमा स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदले भोट हाल्ने हो’ डा. कोइराला भन्नुहुन्छ– यहा काग्रेस कमजोर छ, जित्ने चन्स नै छैन, निर्वाचनमा काग्रेसको उपस्थिति देखाउनु पर्ने थियो देखायौं ।

काग्रेसले सदन र सडकमा भने अपेक्षा गरे अनुसार प्रस्तुत हुन नसकेको डा. कोइराला स्वीकार्नु हुन्छ । ‘कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको छ, विवादास्पद र लोकतन्त्र विरोधी विधेयकहरु ल्याइरहेको छ,’ उहाँ भन्नुहुन्छ– यस्तो अवस्थामा काग्रेस जसरी सरकार विरुद्ध प्रस्तुत हुनुपर्ने हो हुन सकेको छैन ।

सरकार संग भिड्नु पर्ने बेलामा आफ्नै नेताहरुसंग भिड्नु परिरहेको तितो यथार्थ प्रस्तुत गर्दै डा. कोइराला काग्रेस कमजोर हुनुको प्रमुख कारण नेतृत्वलाई नै औल्याउनु हुन्छ ।

प्रमुख प्रपिक्षको भुमिकामा समेत कमजोर रहेको काग्रेस भित्र शीर्ष नेताहरुको खिचातानी र आन्तरीक किचलो यति बढ्दै गएको छकी नेतै पिच्छै रहेको गुट उपगुट गाउ तहसम्म फैलिसकेको छ ।

यस्तो अवस्थामा काग्रेसलाई कसरी अघि बढाउने त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ– भागवण्डाको राजनीति छोडेर विधि विधान सम्मत पार्टी सञ्चालन गर्नुपर्छ । काग्रेसले जति छिटो अधिवेशन ग¥यो त्यति धेरै बलियो हुने बताउने डा. कोइराला महाधिवेशनको कार्यतालिका भने परिवर्तन गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

काग्रेसको पुस ११ गते सम्पन्न केन्द्रिय समिति बैठकले २०७७ फागुन ७ गते देखि १० गते सम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनीक गरिसकेको छ ।

महाधिवेशन त पार्टी भित्रका सबै नेताहरुको एजेण्डा होइन र ? फेरी कार्यतालिका परिवर्तन गर्ने कुरा कीन भन्ने जिज्ञासामा डा. कोइराला भन्नुहुन्छ– २०७७ मंसिर ९ देखि पौस १५ भित्र गाउ, नगर, क्षेत्र, जिल्ला सबै अधिवेशन गरिसक्नुपर्ने छ ।

यो अवधिमा यी सबै अधिवेशन सम्पन्न गर्न सम्भव नहुने भएकोले कार्यतालिका परिवर्तन गर्नुपर्ने उहाको भनाई छ । काग्रेसको अधिवेशन कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन २०७७ मंसिर ९ गते, गाउँ/नगरपालिका अधिवेशन २०७७ मंसिर ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते, र प्रदेश अधिवेशन २०७७ पौष १५ गते सम्म गरिसक्नु पर्ने छ ।

अधिवेशनले काग्रेसलाई थप उर्जा दिने नेताहरुले बताइरहेपनि नेतृत्वमा पुग्ने जोड घटाउ गर्दै गुट उपगुट क्रियाशिल हुदा काग्रेस थप कमजोर अवस्थामा पुगेको छ । काग्रेस भित्रको गुट उपगुट यति मौलाउदै गएको छ की गाउ तह सम्म नेतै पिच्छेको गुट छ ।

केन्द्रिय तहमा पार्टी एउटै भएपनि मञ्च फरक छ ।बैठक फरक छ । बैठकका एजेण्डा फरक छ । काग्रेस भित्र नेताहरुको लुछाचुडी छर्लङ्ग भैसकेको कारणले गर्दा पनि आम नागरिकको कम्युनिष्ट सरकार प्रतिको असन्तोषलाई काग्रेसले आफ्नो पार्टी प्रतिको आकर्षणको रुपमा रुपान्तरण गर्न सकेको छैन ।