पदभन्दा ठूलो डलर, गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी उपमेयर सम्पर्कविहिन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) सम्पर्कविहिन भएकी छन् ।

नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका पुगेकी नेपाली उतै हराएकी छन् । अमेरिका पुगेको केही समयसम्म भने मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमा रहेकी नेपाली एकाएक हराएकी छन् ।

अमेरिका पुगेको केही समयसम्म सम्पर्कमा रहेकी नेपाली पुसयता सम्पर्क विहिन भएको मेयर शाहीले जनाएका छन् । सामाजिक सञ्जाल मेसेन्जरमा फोन गर्दै नेपालीले आफू बिरामी भएका कारण फर्किन केही ढिला हुने बताएकी थिइन् । शाहीले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म पम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’

बिरामी भएको बताएकी नेपालीको अहिले फेसबुक एकाउन्ट समेत निष्क्रिय छ । नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी नेपालीले गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।