सरस्वती न्यौपाने,रसुवा।
अन्तराष्ट्रिय नाका रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परिक्षण गरिेने भएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार छिमेकी राष्ट्र चीनमा पछिल्लो समयमा महामारी को रुपमा फैलिरहेको मानिसबाट मानिसमा स्वास प्रस्वास को माध्यमबाट सर्नेे कोरोना भाइरस नेपालमा पनि फैलिने सम्भावना भएकाले रसुवागढी नाका हुदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई गढीमा अवस्थित स्वास्थ्य कार्यालयको हेल्प-डेस्कबाट चेक जाँच गरिने भएको छ ।
सो हेल्प डेस्कमा आवश्यक स्रोत साधन सहितको अनुभवि दक्ष जनशक्ति लाई ३ दिन भित्र नै वयवस्थापन र कार्यान्वयनका लागी जिल्ला अस्पताल धुन्चे र स्वास्थ्य कार्यालय लाई अनुरोध गर्ने गरि २०७६ माघ आठ गते जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनु भयो ।











प्रतिक्रिया