मोतीराम तिमल्सिना,काभ्रेपलाञ्चोक ।
चेपाङ समुदायका ३१ जना बालबालिकाहरु चौरीदेउराली गाउँपालिकाको धुशेनी शिवालयमा रहेको सरस्वती मावीमा कुमार बलराम स्मृति छात्राबासमा रहेर अध्ययन गरिरहेका छन् ।चितवन जिल्लाको कान्दामा विषालु च्याउ खाँदा ८ जनाको निधन भएको थियो ।

त्यहाँको अवस्थाबाट चिन्तित लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले दाताहरुको सहयोगमा उक्त स्थानमा २०७२ देखि निरन्तर सहयोग गरिरहनु भएको छ ।
८६ जना बालबालिकाहरुबाट शुरु गरेको छात्राबासमा १ सय ७५ जना पुगेका छन् । कान्दामा माध्यमिक तह नभएकाले माध्यमिक तह अध्ययनका लागि गौतमले आफ्नो जन्मस्थानमा भुकम्प पछि निर्माण गरेका घरहरु खाली भएपछि त्यसैलाई १० वर्षका लागि भाडामा लिएर छात्राबास शुरु गर्नु भएको हो ।

बैशाख देखि शुरु भएको छात्राबासको क्षमता १ सय जनासम्म छ । बालबालिकाहरुलाई अवश्यक पर्ने पुस्तकालय, खेल मैदान, शैक्षिक, आर्थिक, भौतिक पुर्वाधारहरुको निर्माण गरिएको छ ।
उनिहरुको खर्च ब्यवस्थापनका लागि प्रतिष्ठानकै नाममा गौतमले ५५ रोपनी जमिनमा किवी लगायतका फलफुल र तरकारी उत्पादन शुरु गरिएको छ । चेपाङ समुदायका बालबालिकाहरुलाई छात्राबासमा राखी खेलकुदमा समेत सहभागि गराए पछि सावित्री तामाङले अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १२ देशका खेलाडीहरुलाई पछाडी पार्दै मेडल हात पारिन् ।

कोशिपारीमा नमुना छात्राबास र नमुना विद्यार्थीका रुपमा चिनिन थालेका चेपाङ समुदायका बालबालिकाहरु अध्ययनमा उत्कृष्ट हुन थालेका छन् ।
एभोगाडो, किबी, जापानीज नास्पाती, बदाम, स्याउ, बुद्धचित्त, कागतीबाट नियमित आम्दानी हुन थालेपछि बालबालिकाहरुको अध्ययनमा सहयोग पुग्ने अध्यक्ष गौतमले बताउनु भयो ।
‘बार्षिक करोड भन्दा धेरै खर्च हुने प्रतिष्ठानलाई पछिल्लो समय आर्थिक संकट निम्तिन थालेको छ’–अध्यक्ष गौतमले भन्नुभयो–‘ब्यक्तिगत सबै सम्पति दान गरेर दाताहरुले समेत सहयोग गरेको ७ करोड जति सामािजक अभियानमै खर्च भएको छ ।’
चेपाङ्ग बस्तिमा नियमित २ सय जनालाई ५ वर्ष देखि सामुहिक मेस संचालन भईरहेको छ । ‘चौरीदेउराली गाउँपालिकाको सरस्वती मावीमा भर्ना भएर क्षमता बृद्धी, थप उर्जाशिल र भाषा, संस्कृतिमा समेत अभ्यस्त बनायो’–विद्यार्थी मिसन प्रजाले भन्नुभयो–‘जन्म दिने बाबु भन्दा कर्म दिने बाबु ठुलो हुने रहेछन् ।
अध्ययन सकेर आत्मनिर्भर हुँदै जन्मभूमि फर्केर आफ्नै गाउँको सेवा गर्ने योजना छ ।’ मिसन जस्तै मनिषा प्रजा, सन्देश श्रेष्ठ, अशोक प्रजा, अमृता प्रजा, बुद्धी प्रजा लगायतका बालबालिकाहरुले अध्ययन पछि स्वास्थ्य क्षेत्र, निजामती, कृषि, शिक्षण पेशामा संलग्न हुने बताउनु भयो ।
विद्यार्थी निरोज प्रजाले पाईलट बन्ने लक्ष्य भएको बताउनु भयो । विद्यार्थी विमल प्रजाले नेपाली सेना बन्ने बताउनु भयो । विद्यार्थी बुद्धी प्रजाले कृषक बन्ने बताउनु भयो ।
प्रतिष्ठानले छात्राबासका लागि मासिक १० लाख खर्च गर्दै आएको छ । कक्षा ९ मा ५, कक्षा ८ मा ५, कक्षा ७ मा ११ र कक्षा ६ मा ९ जना विद्यार्थीले कान्दाबाट धुशेनीशिवालयमा अध्ययन गरिरहेका छन् ।
९ महिनाको अन्तरालमा कुमार र बलरामको सवारी दुर्घटनामा निधन भए पछि परिवारलाई परेको शोकलाई शक्तिमा परिणत गरी मृतकद्वयको आत्मालाई शान्ति प्रदान गर्ने उदेश्यले २०६६ साल पुष २ गते आमा लक्ष्मीका नामबाट लक्ष्मी प्रतिष्ठान गठन भएको थियो ।
ब्यक्तिगत सम्पती प्रतिष्ठानलाई सुम्पेर अध्यक्ष एवं कुमार बलरामका बाबु विष्णु गौतमले समाजमा विभिन्न कार्य गर्दै आउनु भएको छ । २००८ मा नेपालमा धेरै पर्यटक भित्र्याउने पर्यटन ब्यवसायीका रुपमा रहनु भएका गौतमले सिप विकास, क्षमता अभिबृद्धी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा १० वर्ष देखि निरन्तर कार्य गरिरहनु भएको छ ।
त्यसकै अभियानमा ५ वर्ष देखि चितवनको कान्दामा रहेको चेपाङ समुदायको आर्थिक स्तर उकास्न निरन्तर गौतम सक्रिय हुनुुहुन्छ ।
‘भुकम्पले कतै क्षती गराएको छ भने कसैलाई पुर्नजीवन गराएको छ, सायद भुकम्प नआएको भए मैले अध्ययन गर्ने अवसर पाउँदिन थिएँ, जन्म दिने बाबु भन्दा कर्म दिने बाबु महान हुन ुहुँदो रहेछ’–चितवन जिल्ला राप्ती नगरपालिका स्थित कान्दा घर भई काभ्रेपलाञ्चोक जिल्लाको साविक धुशेनी शिवालय गाविस हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ४ मा रहेको कुमार बलराम स्मृति छात्रावासमा बसेर अध्ययन गरिरहेका १८ वर्षिय मिसन प्रजाले भन्नुभयो ।
मिसन कान्दामा रहेको प्राथमिक विद्यालयको कक्षा ५ सम्मको अध्ययन सकेर राजधानीमा २०६८ साल देखि काम गर्दै आउनु भएको थियो । कान्दामा मावी तहको विद्यालय छैन ।
चेपाङ समुदायका बालबालिकाहरु अध्ययन गर्ने उक्त क्षेत्रमा माध्यमिक तहको विद्यालय नहुँदा अधिकांश बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । प्राथमिक तहको अध्ययन सकेर माध्यमिक तहको अध्ययन गर्न ४ घण्टासम्मको पैदल जानु पर्छ ।
आफ्नै खोरियाबाट उत्पादन हुने अन्नपातले एक महिना खान नपुग्ने समुदायका चेपाङ परिवारका बालबालिकाहरुको अवस्था शिक्षामा मात्रै नभई स्वास्थ्य र पोषणमा पनि संकटमा छ ।
गिठ्ठा भ्याकुर, बन जंगलमा हुने जनावार उनिहरुको मुख्य श्रोत हो । तर पनि सधै सबै जनालाई त्यो शिकार सम्भव छैन । सम्भव नहुँदा भोकै बस्नु पर्ने अवस्था अझै छ । भुकम्प पछि चेपाङ बस्तिको मुहार फेरिएको छ ।
लक्ष्मी प्रतिष्ठानले चेपाङ समुदायका लागि ६९ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ भने बालबालिकाहरुका लागि विद्यालयमा छात्राबास निर्माण गरिदिएको छ । छात्राबासमा बस्ने बालबालिकाहरुका लागि ५ वर्ष देखि संयुक्त मेस संचालन गरिरहेको छ ।
नियमित आय आर्जनका लागि फलफुल, तरकारी खेतीलाई ब्यवसायीक बनाउन सहयोग पु¥याएको छ । प्राथमिक तहबाट थप अध्ययनका लागि उक्त क्षेत्रबाट लक्ष्मी प्रतिष्ठानले अभिभावककै अनुमतिमा काभ्रेको धुशेनी शिवालयमा छात्राबास संचालन गरी अवसर उपलब्ध गराएको छ ।
मिसन त्यसकै उदाहरण हुन् । अध्ययन गर्न नसकेर राजधानीमा श्रम गरिरहेका मिसनलाई लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमले कान्दा फर्काएर भर्ना गरिदनु भएको थियो ।
छात्राबास निर्माणमा योगदान पु¥याउनु भएका मिसन कक्षा ९ मा अध्ययन गर्नुहुन्छ । सरस्वती मावी गोठपानीमा अध्ययन गरिरहेका मिसनले अध्ययन पछि आत्मनिर्भर हुँदै नेता बन्ने बताउनु भयो ।











प्रतिक्रिया