पुष्करराज बुढाथोकी,भक्तपुर ।
भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिका वडा नम्वर २ महांकाल चोक दुवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
तीब्र गतिमा रहेको बा ६७ प ४८७१ नम्वरको मोटरसाईकल सडक छेउ रहेको खम्वामा एक्कासी ठोकिंदा सिन्धुली घर भई दुवाकोटमा बस्दै आएका गणेश बयलकोटीको मृत्यु भएको प्रहरी प्रभाव दुवाकोटका प्रमुख सई रमेश राईले जानकारी दिनुभयो ।
ईंटा उद्योगमा हेल्परको काम गर्दै आएका २० बर्षे बयलकोटीलाई दुर्घटना पछि दुवाकोट स्थित केएसी अस्पतालमा पुर्याएकोमा अस्पतालले बयलकोटीलाई मृत घोषणा गरेको थियो ।घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया