पुष्कर बुढाथोकी,भक्तपुर।
भक्तपुरमा छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ ।मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नं. ७ चोखा बस्ने बर्ष १६ को रोहन सुवाल रहेको प्रहरीले जनाएको छ । भोलाँछेमा गएराति छुरा प्रहारबाट घाईते भएका सुवाललाई भक्तपुर अस्पतालमा उपचारको लागी ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
छुरा प्रहार गरी फरार रहेका भक्तपुरमै बस्ने बर्ष १५ का २ जना शंकित किशोरलाई राती नै सिद्धपोखरी नजिक रहेको कान्तिपुर गेष्ट हाउसको एक कोठामा लुकिछुपी बसेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताउनुभयो ।
नियन्त्रणमा लिईएका दुबै जनालाई अनुसन्धानका लागी प्रहरी परिसर भक्तपुरमा राखिएको छ । घटनाको क्रममा प्रयोग भएको छुरा समेत प्रहरीले कालोपाटी देखी झौखेल जाने सडक नजिकको झाडीमा लुकाई छिपाई राखिएको अबस्थामा बरामद गरेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुबिच बिवाद उत्पन्न भई छुरा प्रहार गरेको खुल्न आएको प्रहरीको भनाई छ ।











प्रतिक्रिया