नेपाल समाचारपत्र, काठमाडौं।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएकी डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गर्नुभयो।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकाले व्यवस्थापनलगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताउनुभयो।
नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचनालगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।
अस्पताललाई थप सुविधा सम्पन्न बनाउदै अस्पतालमा कार्यरत कर्मचारीको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाीिशल रहेको बताउदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामूहिक भावनासहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उहाले व्यक्त गर्नुभयो।
उक्त अवसरमा पदोन्नति हुनुभएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटिरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लीन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेसागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायसग समन्वय गर्ने उल्लेख गर्दै उहाले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीका रूपमा विकास गर्ने बताउनुभयो।











प्रतिक्रिया