धादिङमा ट्रक दुर्घटना, ६ काे मृत्यु, सनाखत हुन बाँकी


सीताराम अधिकारी, धादिङ । धादिङमा मंगलबार ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिँदा ६ जनाको ज्यान गएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हाे भने अन्य ३ जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हाे । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् ।

ढोला मण्डलीबाट धादिङबेसीतर्फ आउँदै गरेको आइचर ट्रक अत्याधिक यात्रु बोकेर तिव्र गतिमा गाडी कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीय बासिन्दा र नेपाल प्रहरी र साेसल भाेलेन्टरहरुले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर ७ जना घाइतेहरुलाई हेलिक्प्टरबाट थप उपचारको लागि काठमाडौँ लाने लगिएकाे धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।