दोश्रो नगरकोट महोत्सवको तयारी पुरा


पुष्कर बुढाथोकी, भक्तपुर ।
‘प्राकृतिक सम्पदा कला र सँस्कृति, पर्यटनको विकाश नगरकोटको उन्नती’ भन्ने मूल नाराका साथ हुन थालेको दोश्रो नगरकोट महोत्सवको तयारी पुरा भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिले यहीँ माघ १०, ११ र १२ गते नगरकोटको बतासे डाँडामा गर्न लागेको दोश्रो नगरकोट महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो ।पर्यटनवर्ष २०२० लाई सफल बनाउन हुन लागेको दोश्रो नगरकोट महोत्सवको सूचना, सञ्चार तथा प्रबिधि मन्त्री गोकूल बास्कोटाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
पर्यटकीय स्थल नगरकोटमा पर्यटन वर्ष २०२० मा बढी भन्दा बढी पर्यटक भित्रयाउने लक्ष्यका साथ हुन लागेको महोत्सवमा रु. ४६ लाख खर्च हुने समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय बिभिन्न खानाको परिकारहरु, स्थानीय कृषि उत्पादनहरु, स्थानीय, कला–संस्कृति एवं पर्यटन प्रबद्र्धन सम्बन्धी स्टलहरु रहने भएका छन् ।
महोत्सवमा ख्याती प्राप्त करिब १३ जना गायक गायिका, चर्चित कलाकारहरुको सांगीतिक एवं हास्यव्यंग्यात्मक प्रस्तुतीहरु रहने छन् भने स्थानीय मौलिक कला झल्किने विभिन्न प्रस्तुतिहरु रहने र लोपोन्मुख बाजागाजाहरु प्रदर्शन गरिने छ ।