सत्य निरुपण र वेपत्ता आयोगको अध्यक्ष नियुक्ती गरीयाे


न्युज अफ नेपाल, काठमाडौं ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्ष नियुक्ती गरीएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी नियुक्त गरेको हो ।
सत्य निरुपणको सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल नियुक्त भएका छन् । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगर नियुक्त भएका छन् । आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो । दुबै आयोग चैतदेखि पदाधिकारीविहीन रहेका थिए ।

समितिले शनिबार मात्र नाम बुझाएको थियो ।