काग्रेंसको तयारी: सहमति भए उपसभामुख नत्र सभामुखमा उम्मेद्वारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

प्रमुख प्रतिपक्षदल नेपाली काग्रेसले सहमति भए उपसभामुख नत्र सभामुखमा उम्मेद्वारी दिने तयारी गरेको छ । सभामुख र उपसभामुख पद रिक्त भएपछि सोमबार जेष्ठ सदस्य महन्त ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले सभामुख पदको निर्वाचन आइतवार गर्ने निर्णय गरेको छ ।

संविधानम प्रतिनिधिसभामा सभामुख र उपसभामुख दुवै पद रिक्त भएमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्य उमेरको हिसाबले जेष्ठ सदस्यले गर्ने उल्लेख थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुखको लागि सांसद अग्नी सापकोटा चयन गर्ने निर्णय गरिसकेको छ ।

सभामुख र उपसभामुख दुबै पद रिक्त भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले उमेद्वारी दिने की नदिने भन्ने सवालमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भन्नुहुन्छ– हामिलाई उपसभामुख दिने सहमति भयो भने सभामुखमा उमेद्वारी दिदैनौ नत्र सभामुखमा उमेद्वारी दिन्छौं । संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्य एकजना महिला हुनुपर्ने र यी दुई पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने छ ।

तर, संविधानमा सभामुख तथा उपसभामुखमा फरक दलले उमेद्वारी नदिएमा भने एकै दलको सभामुख र उपसभामुख हुन बाधा नपर्ने उल्लेख छ । वहुमत प्राप्त सत्ताघटक दल नेकपाले भने उपसभामुख राष्ट्रिय जनता पार्टी (राजपा) लाई दिने गृहकार्य गरिरहेको छ । संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेकपाले राजपालाई तीन मन्त्रालय र उपसभामुख दिएर सरकारमा सामेल गराउने गृहकार्य थालेको हो ।