असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नेकपाका नेता बैठा पक्राउ

0
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

‘नेपाल प्रहरीको असई पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ कमिटीका सदस्य रामबाबु बैठा पक्राउ परेका छन् । बैठा र सुनिल चौरसियाविरुद्ध ०७६ कात्तिक २ गते रौतहट मौलापुर–७ का प्रदीप कुमार साहले प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालत पर्सामा ठगी मुद्धा दर्ता गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

पर्साको कालिकामाई गाउँपालिका– ३ का सुनिल चौरासियाको आइएमी बैंकमा रहेको खाताबाट २०७२ माघ १० गते बैठालाई रकम पैठाएको दाबी प्रदीपले गरेका छन् । यस्तै, अनुसन्धानका क्रममा असोज २ गते पैसा पठाएको रसिद भेटिएकोे छ ।

चौरसियासहित अनुसन्धाका क्रममा पक्राउ परेका अर्का कालिकामाई– १ का ईश्क कुमारलाई यसअघि नै प्रहरीले पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । पक्राउ परेका चौरासिया मंसिर ११ गते ५ लाख र ईश्क कुमार ५० हजार धरौटी बुझाएर तारिखमा रिहा भएका थिए । बैठाले आफूलाई समेत ठगेको चौरसियाले जनाएका छन् । उजुरीपछि फरार रहेका बैठा सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित भएपछि प्रहरीले पनयन्त्रणमा लिएको हो ।

पक्राउ परेका बैठाविरुद्ध अदालतबाट म्याद थप गरी बयान लिएर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।