काँग्रेस नेता बलदेव शर्माको निधन

0
Shares

यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

सोमवार दिउसो २ वजे आफनै निवाष तिलोत्तमा नगरपालिका वडा नम्बर १३ टिकुलीगढमा नेता शर्माको निधन भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।

विगत लामो समय देखि क्यानसर रोगवाट पीडित शर्माको उपचार क्रिमसन अस्पतालमा भैरहेकोमा ५ दिन अघिमात्र अस्पतालवाट घर लगिएको थियो ।शर्मा प्रदेश पाँचका सवै भन्दा जेष्ठ सदस्यका रुपमा रहनु भएको थियो ।

८२ वर्षिय शर्माका ४ छोरा २ छोरी रहेका छन । उहाँको प्रार्थिव शरिर यो समाचार तयार पार्दा सम्म घरमै राखिएको छ । नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति समेत रहनु भएका शर्माको निधन प्रति नेपाली काँग्रेस रुपन्देही , बुटवल उपमहानगर समितिले अलग अलग विज्ञप्ति जारी गरि गहिरो दुखद प्रकट गर्नु भएको छ ।

शर्माको निधनले पार्टीलाई ठुलो क्षती भएको भन्दै दिवगत आत्माको चिर शान्तिको कामना गदै शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।