आफ्नै सन्तानलाई २ सय रुपैयाँमा बेचेपछि…



काठमाडौँ । अफ्रिकी देश गाम्बियांमा अभिभावकले आफ्नै सन्तानलाई २ सय रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ। उनीहरुले बेचेका सन्तानमाथि किन्ने मानिसले बलात्कार गर्ने गरेको पाइएको छ।

बेलायती मिडिया द सनको रिर्पोटले यस कुराको खुलासा गरेको हो। रिर्पोटका अनुसार बेलायतका धेरै व्यक्तिहरु पनि बच्चा किन्ने धन्दामा सामिल भएका छन्। गरिब अफ्रिकी देशको खराब कानुनी व्यवस्थाको फाइदा उठाउँदै विदेशीले यस्तो हर्कत गर्ने गरेको समाचारमा उल्लेख छ। विदेशीहरु छुट्टी मनाउन अफ्रिका जाने र त्यहाँ खुलेयाम बच्चालाई पैसामा किनेर उनीहरुसँग यौन शोषण गर्ने गरेको पाइएको छ।

जाँचका क्रममा धेरै जसो संख्यामा विदेशीले बच्चालाई किन्ने गरेको पाइएको छ। एक स्थानमा एक बुढा विदेशीले करिब ८ वर्षीया अफ्रिकी बालिकासँग लन्च गरिरहेको देखिएको थियो। हालै थोमस कुक नामको ट्रावल फर्म बन्द गरिएको छ। जसका कारण गाम्बिया जाने पर्यटकको संख्यामा भारी गिरावट भएको समाचारमा जनाइएको छ। जसको असर देशको खराब अर्थतन्त्रमा परिरहेको समाचारमा उल्लेख छ।

एक अभिभावकले भनेका छन्, हाम्रो देशमा यौन निकै सस्तो छ। बच्चालाई करिब १८५ रुपैयाँसम्ममा बेचिइरहेको छ। कयौँ अभिभावकलाई बच्चामाथि हुने यौन शोषणका बारेमा थाहा हुन्छ, तर उनीहरु खानेपिनेको सामान जोड्नका लागि केही गर्न सक्दैनन्।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्