साताभर साढे ६ अर्बभन्दा बढीको शेयर कारोबार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पछिल्लो समय शेयर बजारमा हरियाली देखिएसँगै लगानीकर्तामा उत्साह देखिन थालेको छ। साताभरमा कारोबारका अधिकांश दिन बजारमा दोहोरो अंकको वृद्धि भएसँगै लगानीकर्ता उत्साहित बनेका हुन्।

राजनीतिक स्थायित्व, विद्युत्को सहज आपूर्ति र भूकम्पपछिको पुनर्निर्माणमा काम भइरहेको भए पनि सरकारले विकास खर्च गर्न नसकेको लगायतका कारणले प्रक्षेपण गरेअनुसार आर्थिक वृद्धि नहुने मिसनले जनाएको छ। सरकारले भने चालू आवमा ८ प्रतिशतभन्दा बढी गर्ने आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ।

यस साता साताको पहिलो दिन नै अत्याधिक अंकले वृद्धि भएको शेयर बजार सोमबार, बुधबार र बिहीबार पनि दोहोरो अंकमा वृद्धि भएको थियो। मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झण्डै ८ अंकको गिरावट आएको थियो।

साताको पहिलो दिन आइतबार नेप्से ४२ दशमलव ६१ अंकले बढेको थियो। सो दिन कुल १ सय ७९ कम्पनीका ३८ लाख ३१ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाखभन्दा बढी रुपियाँमा खरिद बिक्री भएको थियो।

यसैगरी सोमबार नेप्से परिसूचक १५ दशमलब १४ अंकले बढेको थियो। त्यस दिन १ सय ८३ कम्पनीका ५५ लाख १८ हजार ६ कित्ता शेयर १ अर्ब ७० करोड ५० लाख रुपियाँ बराबरमा कारोबार हुन पुग्यो। आइतबार र सोमबार बजार बढ्दा मंगलबार भने परिसूचक एकाएक घट्न पुग्यो। यसदिन परिसूचक ७ दशमलब ४८ अंकले घट्यो। कुल १ सय ८३ वटा कम्पनीको ३७ लाख ६६ हजार कित्ता शेयर १ अर्ब दुई करोड ६४ लाख ४३ हजार रुपियाँमा कारोबार भएको थिए।

बुधबार फेरि परिसूचक लयमा फर्कियो। यसदिन परिसूचक २० दशमलव ८५ अंकले बढेको थियो। त्यस दिन कुल १ सय ७७ कम्पनीका ३० लाख ५५ हजार कित्ता शेयरको ९० करोड ४८ लाख रुपियाँमा कारोबार भयो।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २६ अंकले बढ्यो। त्यस दिन कुल ५० लाख २५ हजार कित्ता शेयरको एक अर्ब ६९ करोड ९९ लाख ९५ हजाररुपियाँमा कारोबार भयो।

साताभर कुल १ सय ८३ कम्पनीको २ करोड ११ लाख ९७ हजार १ सय ९५ कित्ता शेयर ६ अर्ब ६७ करोड २० लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यस्तै यस साता नेप्सेमा दुई वटा कम्पनीका शेयर सूचीकृत भएका छन्। ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि ७ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएका छन्। त्यस्तै सिर्जना फाइनान्सका २७ लाख ६४ हजार कित्ता हकप्रद शेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ।