वडा सचिवको रुखबाट खसेर मृत्यु


काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिका–९ का वडा सचिव श्रीराम सत्यालको रुखबाट खसेर मृत्यु भएको छ। शनिबार घर नजिकैको रुखमा स्याउला काट्न गएका सत्यालको रुखबाट खसेर मृत्यु भएको हो।

कोइरालाको रुखबाट घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएका सत्यालको उपचारका लागि धुलिखेल अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। नमोवुद्ध ९ दाप्चा छत्रेवाँझ स्थायी घर भएका ५० वर्षीया सत्याल नमोवुद्ध नगरपालिका ९ को वडा सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो ।