पद हस्तान्तरण कार्यक्रम सम्पन्न


कृष्णप्रसाद अधिकारी, दैलेख ।

दैलेख जेसिजको अध्यक्षमा प्रकाश पौडेललाई सनिबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ । उनी सर्बसहमत अध्यक्ष पदमा चुनिएका हुन ।

दैलेख जेसिजको २२ औँ जिल्ला अधिबेशन एवम पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर पद हस्तान्तरण गरीएको हो । कार्यक्रममा २०१९ का अध्यक्ष रमा प्याकुरेलबाट चाँदीको माला सहित विशेष अतिथि प्रहरी नायब निरिक्षक भरत बहादुर भण्डारी, अतिथि राप्रपाका पार्टि उपाध्यक्ष पुजा श्रेष्ठ पुर्व अध्यक्षहरू, सन्देश कुमार श्रेष्ठ, बिनोद श्रेष्ठ, चेतन बिष्टलगायत नेपाल प्रेश युनियनका सभापति भुपेन्द्र शाही, सन्चारकर्मी हिम सिजापति, राजबिक्रम शाही, समाजसेवि गोबिन्द प्याकुरेल लगायतका ब्यक्ति एवम पदाधिकारिहरूको रोहबरमा पौडेललाई पद हस्तान्तरण गरिएको हो ।

पूर्व अध्यक्ष तथा जिल्लामा जेसिजले विभिन्न गतिबिधिहरू संगसगै ब्यक्तिगत, नेतृत्व र क्षमता बिकास स्वयम् ब्यक्तिको सक्रियताका साथ युवाहरू लाग्नु पर्ने, बर्ष २०१७ का अध्यक्ष बिनोद श्रेष्णले बताए । अधिबेशनले १० सदस्यको नयाँ कार्यसमिति गठन आज घोषण समेत गरेको छ ।

जसको कार्यकारिणी उपाध्यक्षहरूमा चेतनकुमार थापा, धुव्र बिक्रम थापा रहेका छन । यस्तै मनोनित महासचिवमा भरतराज अधिकारी र कोपाध्यक्षमा जीवन कुमार सिजापती रहेका छन् । उपाध्यक्षहरूमा दुर्गा न्यौपाने, धना खड्का, मनिष भण्डारी, किशोर कुमार केसी रहेका छन् । जेसिजको एक ब्यक्ति एक पद एक बर्ष भन्ने अबधारणा अनुसार दुई कार्यकाल पदभार सम्हालेको राष्ट्रिय महाधिबेशनमा कम्तिमा एक पटक सहभागिता जनाएको ब्यक्ति मात्र बर्ष जेसिज हुन पाउने प्रावधान रहेको बर्ष २०१९ का अध्यक्ष रमा प्याकुरेलले बताइन ।

आफुले जिम्मेवारी पाएसङ्गै जिल्लामा जेसिजलाई थप चलायमान बनाउन १८ दैखि ४० बर्ष उमेर समुहका युवारूलाई ब्यक्तिगत र नेतृत्व बिकासमा आफु कटिबद्ध भयर लाग्ने जेसिज दैलेखका अध्यक्ष पौडेलले बताए । कार्यक्रम बर्ष २०१९ को अध्यक्ष जेसि रमा प्याकरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।