कार चेकजाँच गर्दा पेस्तोल सहित दुई पक्राउ


न्युज अफ नेपाल, जनकपुर । जनकपुरबाट शनिबार पेस्तोल सहित दुई जना पक्राउ परेका छन ।

क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया बस्ने वर्ष ४० का जितेन्द्र यादव र सोही नगरपालिका ५ महेन्द्रनगरका कुमोदनारायण झा पक्राउ परेको प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा शनिबार दुर्घटनामा परेको कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो।

बा१४च ७४५९ नम्बरको उनीहरु चढ्ने कारले ज९प ४८०६ नम्बरको मोटरसाइकलमा ठक्कर दिएपछि प्रहरीले कारलाई चेकजाँच गर्दा चाईनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पेस्तोल बरामद भएको हो।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।