सुरक्षित आवास पाएपछि भूकम्प पीडित दंग


सरस्वती न्यौपाने, रसुवा ।
भूकम्पका कारण विस्थापित बनेका रसुवाको आमाछोदिङमो गाउँपालिका-५ टेटाङचेका भूकम्प प्रभावितहरु सुरक्षित आवास पाएपछि दंग छन् ।
टेटाङचेमा ७८ घर धुरी मध्ये ब्राप्चेबाट विस्थापित भएर त्यहाँ पुगेका थिए । उनिहरुले घर निर्माण गरि सकेका छन् । जिल्लाभर भूकम्पबाट एक हजार ८७ परिवार विस्थापित भएका छन् । विस्थापित मध्ये ५९.५२ प्रतिशतले जग्गा खरिद गरिसकेका छन् । जग्गा खरिद गरेका मध्ये ३०.९१ प्रतिशतले घर निर्माण सम्पन्न गरि सकेको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।
जिल्लाको ६ स्थानमा एकिकृत बस्ती निर्माण गर्ने तयारी रहेको छ । जसमा तिरु मा एक सय २५, लाङबुमा २१, पाङलिङमा ५१, बोगटिटारमा ५३, बनुवा छापमा १५ र बोगटीटारको अर्को स्थानमा १५ परिवार राखिने समेत भएको छ ।
विस्थापितलाई स्थानान्तरणका लागी जिल्लामा पर्याप्त जग्गा नहुँदा मुल्य अत्याधिक चर्को रहेको सामुदायिक आत्मनिर्भर केन्द्र रसुवाका संयोजक विश्वास नेपालले बताउनु भयो ।
भूकम्प गएको लगभग पाँच वर्षसम्म विस्थापित भएर सुकुम्बासि सरह जग्गा भाडामा लिएर घर बनाएर त्यसमा गुजारा चलेको थियो । सरकारले दुई लाख उपलब्ध गराएपछि जग्गा किनेर घर बनाएका हुन । अहिले आफ्नै नाममा जग्गा र घर भएकोमा उनीहरू दंग भएका छन् । पहिले माटोको घर थियो भने अहिले काठै काठको घर रहेको छ ।